182 अाै बिश्व फोटोग्राफीमा दिवसमा अायाेजित गण्डकि प्रदेश स्तरिय प्राकृतिक फाेटाे अवार्डमा उत्कृष्ठ स्थानकाे अवार्ड प्राप्त
182 अाै बिश्व फोटोग्राफीमा दिवसमा अायाेजित गण्डकि प्रदेश स्तरिय प्राकृतिक फाेटाे अवार्डमा उत्कृष्ठ स्थानकाे अवार्ड प्राप्त
भाद्र ३ गते बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भाद्र २० गते आफ्नो स्थापना दिवसका दिन घोषणा गरेको हो ।यस फोटो प्रतियोगितामा देश भरबाट १४५ फोटो प्रतिस्प्रर्धामा रहेका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए । कुल १५४ तस्विर मध्ये पोखराकी सिर्जना भुर्तेल( सिरु) को तस्विर उत्कृष्ठ घोषणा हुन सफल भयो ।अन्य उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुमा , बिक्रम न्यौपाने काठमाडौं, जिवन ढुंगाना कास्की ,बिष्णुहरी अधिकारी कास्की, बिलक सुवेदी कास्की , दिवस बराल कास्की, अर्जुन कुवर कास्की, अनुप गुरुङ्ग, कास्की राहुल सुवेदी कास्की ,.सुरेश रेग्मी पर्वत ,यामु कुमाल नवलपुर रहेका छन् । फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिले उतकृष्ठ ११ फोटो सिफारीस गरेको थियो । निर्णायक समितिले सिफारीस गरेका फोटोहरुलाई कार्यक्रममा घोषणा गरिएको हो ।
फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस को अवसरमा आयोजीत कार्यक्रमको प्रमुख अतिथि पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी रहेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्बाह गर्दै पत्रकार महासंघ कास्की कि अध्यक्ष बिमला भन्डारी , नेपाल पत्रकार महासंघ रास्ट्रिय परिषद सदस्य कमल पौडेल अथक ,नेपाल फोटोपत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ , नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेल , निर्णायक समितिका संयोजक फोटोपत्रकार कृष्णमणि बराल , घनश्याम पौडेल, कैलास सहकारी संस्थाका अध्यक्ष शिबहरी अधिकारी, संस्थाका सल्लाहाकार गणेश छवि, तनहुं फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ,पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, फोटो प्रतियोगितामा उत्कृष्ठ १० मा पर्न सफल युवा फोटोग्राफर बिष्णुहरी अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य सहित स्थापना दिवस तथा फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले प्रष्ट पार्दै उत्कृष्ट फोटोलाई रु ५ हजार र प्रमाणपत्रले उत्कृष्ट दशलाई प्रमाणपत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने जानकारी दिए ।
उत्कृष्ट फोटोलाई रु ५००० र प्रमाणपत्र ले उत्कृष्ट दश लाई प्रमाण्पत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।
-तुलसी राम सुवेदी