Upper Mustang journeys: my autobiography
“ Bikram Neupane ”
टिरिङ्ग टिरिङ्गsssssटिरिङ्गटिरिङ्ग sssssटिरिङ्गssss....फाेनकाे धण्टिले भर्खरै मात्र एक अापसमा लठ्ठालिरिएकाे मेराे परेलाहरूलाइ झस्काइदियाे । झस्केका परेलाहरूलाइ पख पख भनेर म अावाजकाे बाटाे पच्छाउदै माेवाइलकाे बाटाे तिर हातलाइ लम्काए, अर्धचेतनाकाे सुषुप्ति अवस्थामामै हलाेssss भने, फाेन गर्ने राजेन्द्र दाजु हुनुहुदाेरहेछ वहाले लाै छिटाे है,अब तयार हुनु नी भन्दै मलाइ जागा गराउनु भयाे, अनि मैले पनि हस दाजु म उठे अब भन्दै फाेन राखिदिए,फाेन राख्दै गर्दा यसाे समय हेरेकाे त विहानकाे 2ः49 मात्र पाे भएकाे रैछ ।अाsss यि बुढाहरूलाइ के हत्तार भएकाे भनेर म काेल्टे फर्केर सुते किनकि हामि विहान ५ बजे जाने भन्ने सल्लाह थियाे अधिल्लाे दिन। सबै सामान पहिलेनै तयार गरिसकेकाेले तयार हुनलाइ पनि त्यति समय नलाग्ने त्यहि भएर म सुते ।
टिरिङ्ग टिरिङ्गsssssटिरिङ्गटिरिङ्ग sssssटिरिङ्गssss....फाेनकाे धण्टिले फेरि मलाइ बिउझाइदियाे धण्टि बज्दा बज्दै समय हेरेकाे त विहानकाे 4ः15 पाे भएछ । ल दाजु म अाए भनेर हत्तपत्त उठे अनि धर्मराजलाइ फाेन गरे उ पनि अाइसकेकाे रैछ , लाै जा भन्दै यसाे वार्दलिबाट बाटाेमा हेरकाे त सबै साथिहरू मलाइ कुर्दै पाे रैछन ।अाेइ छिटाे गर भनेर साथिहरू चिच्चाउन थाले अनि मैले पख पख म अाइहाल्छु भन्दै नुहाउन तिर लागे ,नुहाउदा नुहाउदै फाेन अाएकाे अाएकै थियाे साथिहरूकाे । हतारमा नुहाएर म तयार भएर निस्के ।
हामिहरू ७ जना थियाै अपर मुस्ताङ्गकाे यात्रामा निस्केका हाम्राे याेजना बेनि सम्म अाफ्नै साधनमा जाने त्यहा पुगेपछि त्यहिकाे हाेटलमा गाडि पार्किङ्ग गरेर फाेरह्रुइल इस्करपियाे भाडामा लिएर यात्राकाे गन्तव्यमा निस्कने । विहानकाे समय लगभग 4ः55 बाट हामिले यात्रा तयार गरेका थियाै । नाैबिसेमा पुगेर हामिहरू चिया खान भनेर राेक्याै ।चिया खादै गर्दा केहि सामुहिक तस्विरहरू खिच्दै अनि खिचाउदै रमाइलाे गर्याै के गर्ने कसाे गर्ने अब कहा गएर खाना खाने भन्ने छलफल गर्नेक्रममा मेराे हातकाे पाखुरा कुहिना भरि सेता फुस्राहरू देखियाे के हाे भनेर यसाे हेरेकाे त विहान नुहाउदाकाे साबुन पनि राम्ररि पखालिएकाे रैनछ ।साथिहरूले जिस्कालान भनेर म चुप बसे ।एउटा गाडिमा सुबास, दिपक,प्रदिप र सुमन बसेका थिए भने म चै राजेन्द्र दाइकाे गाडिमा धर्मलाइ लिएर बसकाे थिए ।
ढाेरबाराही मन्दिर
पाेखरा नपुग्दै साथिहरूले ढाेर बाराहि मन्दिर दर्शन गर्ने निधाे गरे । तनहुँको ढोरबाराही मन्दिर विश्वकै अनौठो शक्ति भएकाे मन्दिर रैछ, लाटा लाटिपनी कुण्डमा फाले बोल्न शुरु गर्छन् भन्ने किवंदन्ति पनि रैछ । स्कन्दपुराणको हिमवत्खण्डमा समेत वर्णन गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति रैछ। यहाँ सदियौँं पुराना घण्टहरु समेत देख्न पाइयाे । ढोरवाराही देवीको उत्पत्ति श्री पञ्चमीका दिनमा भएको मानिदाे रहेछ त्यस दिन यहाँ विशेष मेला पनि लाग्दाे रैछ ।
मन्दिर छेउमा रहेको कुण्डमा बेलाबेला एक्कासी पानी बढेर आउनुलाई लहरी छुटेको भनिन्दाेरैछ जसलाई दैवी शक्तिको रुपमा लिइएकाे पाइयाे । चट्टानैचट्टानको विचबाट यतिठूलो मात्रामा पानी आउनुलाई ढोरवाराही माताको शक्तिको रुपमा त्यहाका स्थानियले लिदारहेछन ।
पानी बढेर आउनुपहिल्यै कुण्डमा रहेका माछाहरु सतर्क भई पानी आउने द्वारतिर फर्कदारहेछन जसले गर्दा हामिहरूलाइ अचम्भित पारिदियाे । यही लहरीबाट बग्ने झरना अति मनोरम देख्याै । यही कुण्डबाट बगेको खोलालाई निर्मल खोला भनिदाेरहेछ जसले ढोरफिर्दीका फाँटहरुलाई सस्साढ्य बनाउन मद्धत गरिरहेकाे पनि देख्याै । 2072 सालकाे विनाशकारि भुकम्पले यस मन्दिरलाइ केहि हदसम्म क्षेति पुर्याएकाे रहेछ त्यहि क्रममा यहाकाे पानी सुकेकाे हुनाले माछाहरूलाइ अन्तै सारिएकाे कुरा त्यहाका पुरेतले जानकारि गराउनु भयाे । तल अाउदा मैले एक जना बुढालाइ साेधेकाे थिए याे ढाेर बाराहिकाे कथा चै के हाे ? भनेर बहाले बताए अनुसार हिरण्यकशिपुले पुर्थ्वीलाइ डुवाउदा भगवान विष्णुले वराहकाे अवतार लिएर जाेगाएकाे र यहि स्थानकाे पाेखरिबाट अाफु पाताल गएकाे त्यहि जाने क्रममा निस्किएकाे छाल अहिले पनि वेला वेलामा निस्कदै अाइरहेकाे कुरा जानकारि गराउनु भयाे ।
किम्वंदन्तिहरूले भरिएकाे यस्ताे प्राचिन मन्दिरकाे दर्शन गराउन हामिलाइ उत्प्रेरणा दिने साथि दिपक लुइटेल प्रति अाभार व्यक्त गर्दछु ।
केहि सामुहिक तस्विर खिच्दै हामिहरू अाेरालाे लाग्याै भाेकले चुर भएका थियाै समय पनि लगभग 11 बज्न लागेकाे थियाे कि कुन्नि अब छिटाे गराै पाेखरा पुगाै भन्दै हामि हतार गर्न थाल्याै । विचमा खुल्ला ठाउँ देखेकाेले केहि भिडियाे खिचाै न त भनेर मैले ड्राेन निकाले तर त्यहि नजिकै अन्तराष्ट्रिय विमानस्थल बन्दै गरेकाे र उडाउन नमिल्ने भएकाेले मैले त्याे भिडियाे छायांकण गर्न सकिन।
केहि सामुहिक तस्विर खिच्दै हामिहरू अाेरालाे लाग्याै भाेकले चुर भएका थियाै समय पनि लगभग 11 बज्न लागेकाे थियाे कि कुन्नि अब छिटाे गराै पाेखरा पुगाै भन्दै हामि हतार गर्न थाल्याै । विचमा खुल्ला ठाउँ देखेकाेले केहि भिडियाे खिचाै न त भनेर मैले ड्राेन निकाले तर त्यहि नजिकै अन्तराष्ट्रिय विमानस्थल बन्दै गरेकाे र उडाउन नमिल्ने भएकाेले मैले त्याे भिडियाे छायांकण गर्न सकिन।
चट्टान फोरेर मानिसले बनाएको धुमाउरा बाटाेहरू हुदै पाेखरामा खाना खाएर एक्कै छिन सारङ्गकाेट बाट पाेखराकाे साैन्द्रर्य नियालेर हामि साँझ बेनि पुग्याै । याक हाेटलकाे बसाइ अनि बेनी बजारले हामिलाइ खुसि र अानन्द दुवै दिएकाे थियाे ।राति सबै साथिहरूले नाचगान गर्दै रमाउदै हामि सुत्याै ।।
हामिले पहिलेनै गाडि बुक गरिसकेका थियाै ।विहान ६ बजेनै हामिले निर्धारित गरेकाे गाडि हाेटलमा अाइसकेकाे थियाे । हामिले यात्रामा चाहिने सामानहरू तयार गरि सामान गाडिमा राख्न सुरू गर्याे अनि हल्का नास्ता गरेर हामि हिमाल पारिकाे जील्ला मुस्ताङ्गलाइ लखेटन लाग्याै ,लखेटने क्रममा म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधामलाइ पहिले भेट्टायाै।यस धामकाे बारेमा श्रीस्वस्थानी व्रर्तकथामा समते उल्लेख पाइन्छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूपले रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएकाे लिखित दस्तावेजनै उपलव्ध छ ।यस गलेश्वर मन्दिरकाे व्यवस्थापन समितिका अध्यक्षमा हाम्राे धापासीमा पनि अस्थाइ घर भएका दाजु रुद्रबहादुर कार्कीनै हुनुहुदाे रहेछ वहासंग एकै छिन भलाकुसारि गरि सामुहिक तस्विर लिएर हामि अब ताताेपानी हुदै रूप्से झरना तिर हुइकियाै ।।
ताताेपानीमा फर्कदा नुहाउने उदेश्यले हामि सिधा रूप्से झरना तर्फ लाग्याै ।
रूप्से झरना अथवा रूप्से छाँगो नेपालको सबैभन्दा सुन्दर झरना हो । यो म्याग्दी जिल्लाको दाना गाविसमा अवस्थित छ । बेनी-जोमसोम सडक पर्ने याे झरना अत्यन्तै मनमोहक भएका कारण हाम्राे मन थाम्न नसकेकाे कारणले हाम्राे गाडि त्यहि थामियाे ।
ताताेपानीमा फर्कदा नुहाउने उदेश्यले हामि सिधा रूप्से झरना तर्फ लाग्याै ।
रूप्से झरना अथवा रूप्से छाँगो नेपालको सबैभन्दा सुन्दर झरना हो । यो म्याग्दी जिल्लाको दाना गाविसमा अवस्थित छ । बेनी-जोमसोम सडक पर्ने याे झरना अत्यन्तै मनमोहक भएका कारण हाम्राे मन थाम्न नसकेकाे कारणले हाम्राे गाडि त्यहि थामियाे ।
रूप्से झरनाकाे वेगले निस्केका ध्वनीले हृदयमा एकै छिन भए अानन्द दियाे हामिहरूलाइ । हाम्राे अाजकाे बसाइ छुसाङ्गमा बस्ने याेजना भएकाे ले अनि विचमा घाँसा र मार्फाकाे बजार धुम्ने भएकाेले हामि हतारिदै जम्मा एक धण्टा बसेर पुनः गन्तव्यकाे पंख समाउदै हिड्याै ।
घाँसा पुग्नु भन्दा अगाडीनै हिमालले हामिलाइ स्वागत गरिरहेकाे थियाे ।सेता हिउँका फुलहरू बाेकेर हिमालले हामिलाइ कुरिरहेकाे पनि थियाे यस्ताे स्वागतलाइ नियाल्ने रहर भएकाेले गर्दा साथिहरूले विच बाटाेमै गाडि राेकिदिए अनि गितकाे ध्वनीलाइ बढाएर साथिहरू लाेक भाकामा नाच्न थाले ,हत्तपत्त ननाच्ने म पनि फुर्कदै अाफ्नै तालमा दुइ चार फन्काे धुमिदिए ।जिस्कदै हास्दै हामिहरू घाँसा पुग्याै। घाँसा बाट हिमालकाे दृष्य चै निक्कै मनमाेहक देखिदाे रैछ।
घाँसा पुग्नु भन्दा अगाडीनै हिमालले हामिलाइ स्वागत गरिरहेकाे थियाे ।सेता हिउँका फुलहरू बाेकेर हिमालले हामिलाइ कुरिरहेकाे पनि थियाे यस्ताे स्वागतलाइ नियाल्ने रहर भएकाेले गर्दा साथिहरूले विच बाटाेमै गाडि राेकिदिए अनि गितकाे ध्वनीलाइ बढाएर साथिहरू लाेक भाकामा नाच्न थाले ,हत्तपत्त ननाच्ने म पनि फुर्कदै अाफ्नै तालमा दुइ चार फन्काे धुमिदिए ।जिस्कदै हास्दै हामिहरू घाँसा पुग्याै। घाँसा बाट हिमालकाे दृष्य चै निक्कै मनमाेहक देखिदाे रैछ।
वरिपरि पहाडले घेरिएको सुन्दर बस्ती मार्फाको विशेषतामा हामिहरू मातिन थालि सकेका थियाै, चौडा छत भएका गुजमुज्ज घरहरूले हाम्राे छाति भित्रकाे मनलाइ पनि गिज्जाउन थालिसकेकाे थियाे, मररुभूमि जस्तै पाखाको बीचमा रहेको बस्तीलाई नियालि रहदा अाँखाहरू कहि न कहि गएर टाेलाइरहेकाे थियाे, स्याउको घना बगैंचाले सजाएको याे मार्फा गाउँकाे हावाले हाम्राे गालाहरू पनि स्याउझै गुलावी बनाइरहेकाे थियाे। यस गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बाले याे गाउँलाइ निक्कै मनमाेहक मात्र बनाएकाे रैनछ यस सम्तेन छोलिङ गुम्बा त ! मार्फावासीको आस्थाको धरोहर नै पाे रैछ ! पुराना एकअापसमा टाँसिएका सेता रंगका घरहरूले एउटा छुट्टै परिचय दिइरहेकाे थियाे हामिहरूलाइ । यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्राण्डको ब्राण्डी र वाइन चाख्ने इच्छा म मा जागा भएकाे थियाे तर साथिहरूलाइ भन्न चै सकिरहेकाे थिइन मैले । झण्डै ५ बजे हामि नाङ्गाे पहाडकाे वस्ति छुसाङ्ग पुग्याै हृदयलाइ नङ्गाउदै ।
छुसाङ्गका नाङ्गा पहाडहरूमा ठाेकिएर अाएकाे हावाहरूले हामिहरूलाइ काेठाभित्र धकेलिदियाे । रातकाे खानपिन गरि रमाइलाे गर्दै हामिहरू भाेलि बिहान लोमन्थाङमा खाना खाएर काेरला नाका पुग्ने उदेश्यले सुत्याै ।
एतिहासिक नगरि लोमन्थाङकाे पुग्नु र त्यहाँकाे पुराना गुम्वाहरू रहन सहनहरूकाे चित्रणहरू क्यामरामा कैद गर्ने मेराे उत्सुकता तिव्र थियाे । बिच बाटाेमा अतिनै मन लाेभ्याउने दृष्यहरूलाइ कैद गर्ने अाशा निक्कै थियाे तर हामिहरू संग समयकाे सुइरेखाहरू कम भएकाेले साथिहरूलाइ अल्झाउन पनि सकिन तर पनि वेला वेलामा २ नं लाग्याे भनेर चै मैले गाडि राेक्ने गर्थे नै ,पछि पछित साथिहरूले कहि राम्राे ठाउँ देख्याे कि बिक्रम तिमिलाइ २ नं त लागेन भन्दै जिस्काउन थाल्थे । निक्कै रमाइलाे यात्रा गर्दै हामि करिव 12 बजे लोमन्थाङ पुग्याै ।
खानाकाे तयारि भैरहेकाे हुनाले हामिलाइ त्यहि हाेटल त्रीभद्रिकाका साहुले ७०० बर्ष पुरानाे गुम्वा धुमाउनुभयाे त्यहाकाे वस्तुस्थिति अहिलेकाे विष्ट राजाका कुराहरू पनि गर्नु भयाे उनका कुरा कति मेराे दिमागमा पुग्ये पुगेनन थाहा भएन तर उनले भनेका कुरामा अलि ज्यादा अतिरञ्जितनै थिए वैज्ञानिकता अलि कमै नै थियाे त्यहि भएर ज्यादा उत्सुकता पनि देखाइन मैले ।
छाेटाे र हतारकाे धुमाइ पछि वहाकाे हाेटलमा हामि खाना खान पुग्याै । हाेटल निक्कै राम्राे थियाे हाम्राे लगेजहरू हामिले त्यहि राख्याै किनकि त्यहा बाट काेरला नाका ४५ मिनेट मात्र भएकाे र रात्रीकाे बास त्यहिनै बस्ने भएकाे हुनाले ।
हाेटल त्रिभद्रिका जतिनै राम्राे भएपनि त्यहाकाे खानाले हामिलाइ याे यात्रा भरिकै नराम्राे खानाकाे याद गरायाे । यस्तै हाे भनेर हामि काेरला नाका लाग्याै । 15 मिनेटकाे यात्रामा हामिले बाटाेमा एक वटा प्रहरि चेक पाेष्ट भेटायाै तर त्यहा बाट उता काेरला नाका सम्म कहि कतै नेपाल प्रहरि ,नेपाली सेना देख्न पनि पाएनै नाका पुग्नु भन्दा अगाडि देखिएकाे हिमालले निक्कै अानन्दीत बनाइरहेकेा थियाे हामिलाइ ।सधै सिरमाथि देखिएकाे हिमाल त्यहा पुग्दा त अामने सामने नै सिधा देख्न पाउदा के नै चाहियाे र हामिलाइ ।। हावाकाे वेग र वेगमा मिसिएकाे हिमालकाे चिसाेपनाले साँच्चै भन्नु पर्दा हामिलाइ ताजा बनाइरहेकाे थियाे ।
यहि नाका देखेर मैले के बुझे भने नेपालकाे भु–भाग कब्जा भएकाे हैन रैछ ,नेपालकाे भु–भाग कब्जा गर्न नेपाल सरकारले नै खुल्ला छाडिदिएकाे चै रैछ नत्र खै ! त सेना खै ! त प्रहरि अनि खै ! त बार ?
पृथक भुवनाेट ,तिब्वतियन जीवन शैली माटाेले लेपिएकाे ठुला चाैडा भएका गजवारहरू अनि बाटाेमा विना राेकताेक चलेका चाइनिज बाइकहरू देख्दा धेरै कुराहरू मनमा खेल्दै रैछ । काेरला नाकामा धेरै वेर बस्न सकिएन किनकि त्यहा अाफ्नै भुमिमा पनि विरानाे महशुस भैरहेकाे थियाे मलाइ। साथिहरू फाेटाे खिचाउदै हिउँलाइ भकुण्डु बनाउदै एक अर्काकाे ढाड सेकाइरहेका थिए , काेहि टिक टकमा भिडियाे बनाउदै थिए । ४५०० मिटरकाे उचाइकाे चिसाेहावाले लोमन्थाङतिर हुत्याउने जमर्काे गरिरहेकाे थियाे मलाइ । केहि फाेटाेहरू खिचेर हामि पुनः फर्कियाै लोमन्थाङ तिर ।
बाटाेमा लोमन्थाङको पुरानो सिजाझोङ गुफा जाने साेच भयाे सबै साथिहरूकाे । समय ४ः३० भैसकेकाे थियाे हामि गुफा तिर हतारिदै वगरतिरकाे बाटाे लाग्याै त्यतिनै बेला एकजनाले हामिलाइ चिच्चाउदै राेक्नुभयाे । हामिहरू गाडि राेकेर वहा नजिक गयाै केभ बन्दै भैसकेकाे तर नेपालीकाे लागी खाेलिदिने त्यसकाे लागी टिकट पनि काट्नु पर्ने रैछ ।टिकट काट्दा काट्दै थाहा भयाे याे रू १०० प्रतिव्यक्ति पर्ने टिकट बाट पाेखरामा रहेकाे स्कुल संञ्चालन गरिदाे रैछ त्याे कतिकाे साँचाे हाे थाहा भएन तर साँचाे हाे भने चै निक्कै राम्राे लाग्याे हामिलाइ ।
लोमन्थाङको पुरानो सिजाझोङ गुफाकाे इतिहास झन्डै ३ हजार वर्षभन्दा बढीको रहेको कुरा गुफा खाेलिदिन अाउनेले जानकारि गराउनु भयाे । उनिले चलाएकाे चाइनिज विना नं प्लेटकाे वाइक निक्कै राम्राे थियाे तर हाम्राे भुमिमा यसरि विदेश बाइक बिना करले संञ्चालन भएकाे देख्दा अलि खिन्न चै थियाै हामि जे हाेस रातो रङको पहाडलाइ काेपेर, खोपेर बनाइएको याे गुफा ५ तल्लाकाे छ भन्ने कुरा जानकारि गराउदै गुफाका कर्मचारिले हामिलाइ तेस्राे तल्ला सम्म मात्र जानु भन्नु भएकाे थियाे ।पहिलाे तल्लाकाे गुफाभित्र सुन र चाँदीले लेखिएको भनिने पुराना किताब, मानव कंगाल र ऊ समय प्रयोग गरिएको ऐतिहासिक वस्तुहरू देखाउनु भयाे, त्यहि बसेर हामिले केहि फाेटाे खित्याै । म चै द्राेस्राे तल्लातिर माेवाइलकाे वत्ति बालेर उक्लिए । मं संगै गाडि चालक भाइ पनि थिइ उनि गुफा भित्र फुर्तिले छिरिरहेकाे देखेर म पनि उनकै अाडपाएर छिर्दै गए तेस्राे ,चाैथाे अनि पाँचाै तल्ला सम्म जाहा हामिलाइ नजान भनिएकाे थियाे । एकै छिन त
मलाइ अाफु हराएकाे जस्ताे पनि महशुस भएकाे थियाे तर मैले डरलाइ लुकाएर अब चै तल जाउँ भन्दै बाटाे खाेज्न लगाए चालक भाइलाइ ।
गुफा कर्मचारिका अनुसार मंगोलियन फाजी आक्रमणकारीले छोसेरका सिजाबासीलाई हमाल गर्दा हप्तै यहि गुफामा बसेकाे कुरा जानकारि गराएका थिएहामिलाइ तर जे भए पनि याे गुफा भित्रकाे पहिलाे प्रवेश राेचक थियाे मेराे लागी ।
त्यहा बाट हामि लोमन्थाङमा अाइ रात वितायाै पर्सि पल्ट विहानै कागवेनिमा श्राद्दगर्ने उदेश्यले।
सिजाझोङ गुफा भ्रमण पछि हामि पुनः माटाेकाे सहर लाेमान्थाङ पुग्याै । त्यसदिन विहानकाे खानाले नै हामि वाक्क भएकाेले बाहिरै थुक्पा खाएर पेटलाइ अलिक बलियाे बनाइसकेका थियाै र पनि साथिहरूले चिया संग राेटि खाने निधाे गरे र हामि चिया र राेटाे खाएर विच्याैनामा लाेटियाै ।
विहान कालाे चियाका साथ हामि माटाेनगरि लाेमान्थाङलाइ विदा गरेर निस्क्याै ।हामि काठमाण्डाै बाट निस्केकाे पनि तेस्राे दिन भैसकेकाे थियाे । हाम्राे अबकाे बसाइ कागवेनि थियाे भने अलि चाडाे नै पुग्याै भने हामि जाेमसाेङ्ग,दुम्बाताल अारामले धुम्ने अनि अर्काे दिन चै मुक्तिनाथ पुगेर १०८ धारामा नुहाएर वेनि लाग्ने थियाे ।
लाेमान्थाङका धेरै वस्तिहरू धुम्न नपाएकाे पिडा बाेकेर हामि विहान ११ बजे पुनः छुसाङ्ग अाइ खाना खायाै । खानाखाएर साथिहरू कालीगण्डकी नदीमा पवित्र शिला शालीग्राम खाेज्न हुत्तिए म चै क्यामरा बाेकेर रमणिय दृष्य खाेज्न । लगभग एक अाधा धण्टाकाे बसाइ पछि हामि त्यहाबाट कागवेनीमा बास बस्ने र भाेलि पल्ट पिर्तृ श्राद्दकर्म गर्ने निक्याैल गरे त्याे मरमुभि सहरलाइ छाडेर पुनः फर्कने बाचाले निस्क्याै ।
४ बजे तिर हामि कागवेनि पुगेर हाेटलमा सामन राखेर रमणिय दुम्बातालमा धुम्न गयाै । ताल पुगे पछि सबै साथिहरू रमाइलाे दृष्यले वेतालका भए किनकि हामिहरूले मान्छेकाे भिड नदेखेकाे पनि केहि दिन भैसकेकाे थियाे ।दुम्बातालमा देखिएकाे भिडले साथिहरूलाइ नचायाे पनि हाेला कि? ।तालकाे छेउमै नागकाे स्थान रैछ त्यसकाे बारेमा कसैलाइ साेध्न चै सकिन मैले । साथिहरू फाेटाे खिचाउन तल्लिन थिए म खिच्न तल्लिन भए । यहि खिचाउने र खिच्ने क्रममा साथिहरू संग केहि मेराे कमि कमजाेरिले मनमा मुटाव भयाे अनि त्यहि कमजाेरिले जाेरि खाेज्याै । म राशिले शिहं भएकाेले गर्जन विर्सेकाे थिइन तर त्याे भुगलमा अाएपछि शिहं त शिहं नै थिए फरक यति थियाेकि म जंगलकाे हैन चिडिया घरकाे चै भएकाे थिए र अलिक कमै गर्जिए । खैर संगै सुत्दा खुट्टालाग्छ त्यसलाइ अन्यथा लिनु पनि हुदैन भनेर विवादहरूलाइ धाममा सेकाएर मैले तिता भावलाइ त्यहि तालमा विशाइदिए ।
दुम्बाताल दर्शन पछि हामि कागवनीमा भाेलिकाे श्राद्दकाे लागि पुरेत बुझ्नकाे लागी निस्क्याै । भाेलिबिहानकाे चाँजाे पाँजाे मिलाएर मिठाे खानाका साथ कागवेनिकाे तिरमा अवस्थित रमणिय हाेटमा पल्टियाै ।
सखारै सबै साथिहरू उठेर नुहाइ धुवाइ गरि नयाँ यज्ञपवित जनै धारण गरि पिर्तृश्राद्द कर्मकाे लागी तयार भैसकेका थिए ।म पनि नहुाउन तिर लागे तर कहि महिना अगाडि देखिनै मैले जनै लगाउन छाडेकाे थिए म संग जनै पनि थिएन साथिहरू संग जनै छ भनेर साेधे वहाहरू संग पनि जनै थिएन ।
विना जनै म कागवेनिमा श्राद्द कर्म गर्न निस्के मन्दिर परिसरकाे पसलमा जनै लिएर शरिरमा धारण गरे।हुनत मैले श्राद्द गरेर खर्च गर्ने पैसा वृद्दाश्रममा दिने गरेकाे थिए गत केहि महिना अगाडिकाे शाेर्हश्राद्दमा पनि मैले त्यहिनै गरेकाे थिए ।पृर्तिलाइ सम्झनु पर्छ तर त्याे सम्झाइमा अलि फरक अनि समयसापेक्ष रूपमा केहि महत्वपुर्ण र मानविय हाेस भन्ने धारणाकाे विकासले चै मैले यस्ताे गरेकाे थिए ।खैर मेराे साेचकाे कुरा यहाँ नगराै परापुर्वकाल देखि गरिएकाे कर्म पनि गर्नै पर्छ संस्कृतिलाइ पनि हेर्नै पर्छ भनेर कागवेनीमा मेराे दाजु दिपक न्याैपाने संग दिवंगत पृर्तिकाे नामहरू लिएर पिण्ड वटार्न थाले कुलका अनि मामाघर तर्फका एवं मेरा फुपुहरूकाे नामबाट तर्पण एवं पिण्ड दान गरि दक्षिणा दिएर हामि त्यहाबाट मुक्तिनाथ निस्कन तिर लाग्याै ।
बाटाेमा सेल्फि डाडामा एकै छिन फाेटाेहरू खिचेर हामि मुक्तिनाथ तर्फ लाग्याै ।साच्चै भन्नु पर्दा पिच बाटाे अनि त्यहाबाट देखिएकाे दृष्यले नेपाल साच्चै स्वर्ग नै हाे भन्ने भान दिइरहेकाे थियाे मनमा । प्रकृतिले नेपाललाइ धनी मात्र हैन ज्ञानी पनि बनाएकाे रैछ ।
मुक्तिनाथ सम्म माेटर बाटाे भए पनि 20 मिनेट अगाडिकाे बाटाे अगाडि बाटै सवारि साधनलाइ निषेध गरिएकाे रैछ, सायद याे धाेडा चढाउने वा बाटाे वरपरका व्यवसाय संञ्चालन गर्ने जुक्ति पनि हुन सक्छ अनि यदि कसैले जवर्जस्ति गाडि लगेमा रू 5000 जरिवाना लिने पनि नियम रैछ । जे हाेस हिडनुकाे पनि मज्जा छ भनेर हामि कुनै प्राणिलाइ बाेझ नवनाइ प्राणीकाे नाम बाट कमाउनेलाइ धाटा बनाएर हिड्याै मुक्तिनाथ तर्फ ।
हिउले खाएकाे पाहाडहरूकाे काेपमा पेगाेडा शैलिकाे मन्दिर अनि मन्दिर अगाडि दुइवटा पाेखरि मन्दिर पछाडि 108 मनमाेहक धारा अनि धारामा अाउने चिसाे कलकल पानीकाे अावाजले निक्कै रमाइलाे महशुस भएकाे थियाे हामिलाइ ।भारतियमुलका मानिसकाे बाक्लाे उपस्थिति अनि चिसाेमा कठ्याङ्गिदै हर हर महादेवकाे शव्द तापले सेकाउदै 108 धारमा नुहाउदै पाेखरिमा डुवुल्कि मार्दै हर हरकाे अावजमा मुक्तिनाथ गुञ्जायमान थियाे ।
साथिहरू नुहाउन लुगा खाेल्दै थिए म उनिहरूकाे नुहाएकाे फाेटाे एव्ं भिडियाे खिच्नमा तयार थिए तर म चै नुहाउदिन भने अनि जस्कदै भने तिमिहरू यहा अाएर इज्जत फाल म चै इज्जत बाेकेर जन्छु भन्दै ठट्याैलि गर्न लागे ।सबै साथिहरू 108मा नुहाएर मन्दिर दर्शणमा ल्याएकाे पुजा सामान झिक्न लागे ।
तर मैले कुनै पनि पुजा सामान किनेकाे थिइन बरू त्याे पैसा बाटाेमा बसेकि एक जना अामालाइ दिएर यहि हाे मेराे पुजा सामाग्रि भनेर चित्तलाइ बुझाएकेा थिए याे मेराे नितान्त व्यक्तिगत साेच थियाे पनि ।
सबै मन्दिर भित्र प्रवेश गरे साथिहरू संग म पनि पछाडि लाग्दै गए सबै पुजामा लागे म चै मन्दिरकाे वस्तृस्थिति हेर्न तिर लागे त्यहि वेलामा मलाइ एक जना प्रहरि दाजुले गालि गर्दै तपाइ बाहिर जानुस जुत्ता लगाएर किन भित्र भनेर गालि गर्नु भयाे ।
म अाफ्नाे गल्ति स्वृकार्दै बाहिर निस्किए । त्यहि समय एक जना भारतिय मुलका मान्छेलाइ स्टेचरमा मन्दिर दर्शण गराउन भनेर भित्र लगियाे । मुक्तिनाथमा पैदल वा सवारि साधनबाट दशर्न गर्न नसक्नेहरूकाे लागी हेलिक्पटरकाे पनि व्यवस्था रैछ वहालाइ त्यहि हेलिकप्टर बाट ल्याइएकाे रहेछ ।
हामिहरू मन्दिर दर्शण गरि फर्कन लाग्दा मैले त्यहा रू ५०५ मन्दिरकाे लागी चन्दा रसिद काटेर निस्कियाै । केहि पर वुद्दकाे पदमसम्भवकाे मन्दिर तर्फ लाग्याै । साच्चै नै निकै रमाइलाे ठाउँमा बुद्दकाे मुर्ति स्थापना गरिएकाे रैछ । केहि समय त्यहि अानन्द लिएर हामि तल लाग्याै । बाटाेहा हामिले त्यहिका स्थानियले बुनेका केहि अाेडनेहरू हाम्राे परिवारलाइ चिनाेकाे रूपमा लियाै ।
खाना खाएर हामि त्यहाबाट मार्फा बजार तिर धुम्ने र मार्फाकाे व्राण्डि अनि स्याउ किन्ने उदेश्यले ।
मार्फा बजारकाे हरेक पाइलामा स्याउले हामिलाइ हेरिरहेकेा थियाे । साथिहरू गाेल्डेन स्याउ किनाै भन्दै थिए काेहि मार्फा व्राण्डिलिदै थिए ,तिमुरकाे धुलाे अनि स्याउलाइ पातलाे स्वरूपमा काटेर सुकाइएकाे पाकेट लिदै थिए त्यहि मैले पनि केहि लिएर बजार हेर्न तिर लाग्य । हाेटल र लजले भरिपुर्ण मार्फा बजार त्यहि नजिकै वस पार्क निक्कै रमणीय स्थानमा रहेकाे मार्फा अनि त्यहा चल्ले हावाले रूखहरूलाइ पनि एकै तिर ढल्काइदिएकाे पाए ।
त्यहाबाट अब सिधा वेनि पुग्ने हिसाबले कुद्याै किनकि बाटाेमा निर्माणकार्यहरू भैरहेकाे हामिलाइ पहिलेनै थाहा थियाे ।त्यहि निर्माणकार्यले गर्दा बाटाे राेकिने र हामिलाइ समयमा पुग्न अलि असहज पनि हुन सक्ने हुनाले हामि केहि ठाउँमा नराेकिकन हिड्याै ।
साँच्चै नै हामि अपर मुस्ताङ्ग तर्फ लागी रहदा वेनि देखि लाेमाङ्गथाङ् सम्मकाे बाटाेमा अन्दाजी 200–400 वटा नै डाेजरहरू काममा खटिरहेका थिए यदि यहि क्रमले निर्माणकाे कामहुने हाे भने चाडै बाटाे सुगमहुनेमा दुइमत छैन तर प्रकृतिले कत्तिकाे साथ दिन्छ त्यसमा निर्भर गर्छ किनकि याे वर्ष बनेकाे बाटाे अर्काे वर्ष नहुनेकुरा लाेमाङ्गथाङकाे बाटाेले हामिलाइ बुझाएकाे थियाे ।