विदाई गर्दा तीन पटक जग्य परिक्रमा कनि गरिन्छ ? किन लाभा छरिन्छ ?
“ Photographer Bikram Neupane ”
विवाहमा दुलहिलाइ विदाइ गर्दा किन लाभा छर्कदै विदाइ गरिन्छ ?
नेपाल एउटा वहुसंख्यक हिन्दु धर्मावलम्वी भएकाे धर्मनिरपेक्ष राज्य हाे । यहा हरेक धर्म,सम्प्रदाय विचमा अापसि मेल पनि उत्तिकै छ । नेपाल एउटा विभिद सांस्कृति संगमकाे देश हाे यहि कारणले पनि नेपालमा दुनियाभरि बाट यहाकाे सास्कृतिक,माैलिकतालाइ नजिक बाट हेर्न बुझ्न विदेशिहरू अाउने गर्छन पनि अाउनुस अाज नेपालमा हुने हिन्दु विवाहमा किन दुलहिलाइ विदाइ गर्दा लाभा फुल छर्कदै विदाइ गरिन्छ यस विषयमा केहि अाफुले बुझेकाे कुरा राख्दैछु साथै केहि कमि कमजाेरि भए प्रतिकृया समेत गरिदिन अनुराेध पनि गर्दछु ।
नेपाल सयाै थुङ्गा फुलकाे फुलवारि हाे । हरेक फुलकाे रङ्ग फरक ,गन्ध फरक भए पनि यसले नेपाललाइ सुगन्धित बनाएकै छ भन्दै यी सयाै थुङ्गा फुलवारि र फुलवारिकाे सस्कृतिहरू मध्ये विवाह सस्कृति पनि फरक फरक सम्प्रदाय ,जात जाति विच फरक पाइन्छ । यि फरक फरक संस्कारकाे उदेश्य पनि फरक फरकनै हुन सक्छ यहि फरक विभिधता अनि फरक फरक मान्यताले कहिले काहि अलमल पारे पनि नेपाली हरेक संस्कृतिकाे अाफ्नाे वेग्लै माैलिकता पनि छ । विशेषतः विवााह फाेटाेग्राफीमा लाग्ने हामि फाेटाेग्राफरहरूले यि विभिधदतालाइ अझै नजिक बाट नियालेका हुन्छाै पनि । जव दुलहिकाे विदाइकाे समय अाउछ,परिवार जनहरूकाे मुहारमा वियाेगका रसहरू छचल्किन थाल्दछन हामि हतारिदै त्याे अविशमरणीय क्षण कैद गर्न हतारिन्छाै, त्याे क्षणकाे एउटा उत्कृष्ठ फाेटाे जसमा प्रेम ,पिडा,राेदन,शृङ्गार ,वियाेगकाे रसहरू देखाउन सकियाेस भनेर कुना काप्चा खाेज्दै फाेटाे खिच्न लाग्छाै यहि क्रममा दुलहिलाइ विदाइ गर्नु पुर्व दुलहिका बाबा अामाले सगुन स्वरूप दहि र केरा खुवाए पछिकाे त्याे कारूणीक क्षणमा हामि अाफै पनि भावुक हुन्छाै नै तर पनि हाम्राे फाेटाेकाे धर्म निभाउदै उत्कृष्ठ फाेटाे दिने उदेश्यले त्याे कालखण्डलाइ एतिहासिक बनाउन फाेटाे खिच्न लम्कन्छाै ।
हिन्दु धर्ममा नारिकाे स्थान देवी सरह नै रहेकाे छ । दुलहिलाइ वा दुलहिहुनु पुर्व नारीलाइ लक्ष्मीकै प्रतिककाे रूपमा हामिले मान्ने गरेकाे कुरा त सबैलाइ थााहा छ त्यस्तै कृष्षी प्रधान देश हाम्राे भएकाे कारणमात्रले पनि हैन विवाहमा समेत अनिवार्य प्रयाेगहुने धानलाइ हामिले लक्ष्मीकै रूपमा पुज्ने गर्छाै ,नेपाली विवाह फाेटाेग्राफी लाग्नु पुर्व संस्कृतिकाे विध्यार्थी समेत रहेकाेले हाेला मैले यी हरेक कुरामा विशेष ध्यान दिने गर्छु यहाहरूलाइ पनि अवगत हाेला विवाहमा प्रयाेग हुने भार अर्थात उखुकाे लाैरिमा दुइवटा ठेकि बाधिएकाे हुन्छ र साथमा पेरूङ्गु पनि रहेकाे हुन्छ उक्त पेरूङ्गाेमा चै पालुङ्गकाे साग राखिन्छ भने दुइवटा ठेकि मध्ये एकमा धान र अर्काेमा दहि राखिएकाे हुन्छ । विवाहकाे शुरूकाे धार्मिक कार्यक्रम र दुलहिलाइ भित्राउदाकाे कार्यक्रम सम्म धानकाे प्रमुख भुमिका नै रहन्छ किनकि धानलाइ हामि हिन्दु धर्मावलम्वीले लक्ष्मीकाे प्रतिककाे रूपमा लिन्छाै त्यतिमात्र हैन विवाहमा धानलाइ भुटेर फुलाएर पुजा गर्नकाे लागी लाभा बनाएकाे कुरा थाहा नहुने हामि कमै छाै । त्यस्तै विवाहकाे पवित्र जग्यमा दुलहा दुलहिलाइ माहुर खुवाए पछि ताना तान गर्ने अर्थात दुलहा दुलहिलाइ जुवा खेलाउदै बुट्टे कपडा माथी त्यहि धान्य र धनकाे प्रतिक लाभालाइ चलाएकाे कसले पाे नदेखेकाे हाेलान ? कसले पाे विर्शन सक्लान । लाभालिदै जब दुलहा दुलहिलाइ जग्यकाे तिन फेरा परिक्रमा गर्न शुभारम्भ गर्छन तब लाभा र फुलले जग्यमा छर्किन थालिन्छ , याे किन ? यसकाे उदेश्य के हाे ? अाउनुस त्यसमा केन्द्रित हाेउ साथै यहाहरू माझ अर्काे लेखमा तराइमा चै यहि लाभा र चामललाइ किन विदाइमा दुलहिले पछाडि फाल्छिन भन्ने कुरा उजागर गराउला तर अाज चै यसै विषयमा केन्द्रित गरे साथै यसकाे उदेश्य पनि अाम फाेटाेग्राफर साथीहरूलाइ संस्कृतिकाे बारेमा अाफुले बुझेकाे कुरा पस्कनु र सिकाउनुनै प्रमुख रहेकाेले मन परेमा सेयर गरिदिनुहाेला साथै रिभ्यु पनि दिनु हाेला । रिभ्युकाे लागी कृपया CLICK PLZ
मैले अगिनै भनिसके कि दुलहि लक्ष्मिकाे प्रतिक हुन अतः लक्ष्मिले पाइला अगाडि बढाउदा पछाडि हुनेलाइ सुख,एैश्वर्य,धन–धान्यले पुर्णता दिनकाे लागी लाभा छर्किएकाे हाे त्यस्तै विवाहमा दुलहि अन्माउदा दुलहि अगाडि र पछि दुलहिकाे परिवार जन रहने हुनाले वहाहरूलाइ कुनै पनि वाधा विधान नहाेस भनि कामना स्वरूपमा लाभा छर्कदै दुलहि अगाडि बढछिन साथै कसैकाे अाखा नलागाेस भन्ने कामना समेत रहेकाे यस विदाइ संस्कारमा दुलहिकाे अाफन्त जनले लाभा छर्कदा तिनैलाेककाे कल्याणकाे कामना गर्दै दुलहि एवं दुलहाकाे सुमधुर सम्वन्धकाे अाशिष दिएका हुन्छन भने त्यस्तै भगवान राम सिता जस्तै अाफ्नाे छाेरि ज्वाइ वनवास जान नपराेस यदि भाग्यमा यस्ताे लेखिएकाे भए यसै पञ्चवृक्षकाे जग्य नै वनवास हाे भन्दै दुलहि र दुलहाकाे सुखद दाम्पत्य जीवनकाे कामना गर्दै लाभा छर्किन्दै विदाइ गरिन्छ । नाेटः पच्चवटि भन्ने स्थानमा राम सिता वनवास जादा वास बसेका थिए त्यहि वेला देखि नै जग्यमा पाँच वटा रूख राखेर जग्यकाे निर्माण गर्ने परम्परा चलिअाएकाे हाे ।
लेखक तथा फाेटाेग्राफर–बिक्रम न्याैपाने