What do people look for in a wedding photographer? History Of Wedding Kathmandu

Bikram Neupane

दुई व्यक्तिहरू मध्य (प्राय: एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो विवाह (Wedding) । विवाहले दुइ परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ भने यस्ताे सांस्कृतिक समाराेहमा तस्विर (Photo) चलचित्र (Video)काे काम गर्ने हरूले त्याे वेलाका यथार्थ परक सांस्कृतिक रितिरिवाज ,पारिवारिक जमघटकाे हर्ष,विस्मात एवं उल्लासमय चित्रहरूलाइ जस्ताकाे तस्तै दस्तावेजकाे रूपमा कैद गरेर अविस्मरणिय बनाउनेकाम चै फाेटाे तथा भिडियाेग्राफरले गर्छन भने यस्ताे कार्यक्रममा लाग्ने फाेटाे तथा भिडियाेग्राफरलाइ विवाह फाेटाेग्राफर–भिडियाेग्राफर भनिन्छ ।
 
नेपाल मा हरेक जाति हरेक क्षेत्रमा अा–अाफ्नै सांस्कृतिक रिति रिवाज बाट विवाह सु–सम्पन्न हुन्छ भने फाेटाेग्राफरहरूले ति फरक फरक सम्प्रदायकाे सांस्कृतिक विवाह पद्दति अनुभव गर्न पाएकाे पनि हुन्छन यसले गर्दा विवाह फाेटाेग्राफरमा सांस्कृतिक ज्ञान,विवाह पद्दतिकाे ज्ञान लगाएत भावनात्मक सम्वन्धका विषयमा बहुअायामिक मनाेविज्ञानकाे ज्ञान पनि भएकाे हुन्छ नै यसरि यस्ता ज्ञानबाट नै विवाह फाेटाेहरूलाइ डकुमेन्टरि विवाहमा समेत स्थापित गराउन सक्ने अनि संस्कृतिकाे उत्थान गर्न सहयाेग पनि गर्न सक्ने क्षमता याे पेशामा अावद्दहुनु हुने फाेटाेग्राफरमा हन्छ र हुनु पनि पर्छ । बहुजातिय बहुभाषिय देश हाम्राे नेपालमा अधिकांश विवाह धार्मिक एवं सामाजिक प्रचलन अनुसार नै भएकाे पाएकाे छु भने बि.सं. 2060 साल सम्ममा छिट फुट रूपमा प्रेम विवाह र अधिकांश मागी विवाह नै हुने गर्थ्याै तर अहले अधिकांश पारिवारिक सहमतिमा प्रेम विवाह नै हुने गर्छ यि कुराहरूले गर्दा पनि अहिले तमाम विवाह फाेटाेग्राफरलाइ यस्ता समाराेहमा फाेटाे खिच्न पनि निक्कै सहज एवं सरलिकरणहुनुका साथै (कप्पल फाेटाेग्राफिमा) निक्कै अाधुनिक चुनाैति पनि थपिदिएकाे पनि छ किनकि अहिलेकाे डिजिटल युग काे साेसल मिडियाले गर्दा नेपालीहरू अन्य मुलककाे परम्परा एवं रिति थिति संग सामिप्यतामा पुगेकाे र त्याे परम्परा पनि विस्तारै नेपालमा छिरेकाे कुरा पनि स्मरण गराउन चाहन्छु । हिन्दि चलचित्र हम अापके हे काैन ? बाट सालिहरूले जुत्ता लुकाउने परम्परा नेपाली विवाहमा पहिला थिएन तर यस चलचित्र पछि विस्तारै याे प्रचलन हरेक विवाहमा शुस्त रूपमा छिरेकाे कुरा जगजाहेर नै छ अतः यस्तै अनेकन अागन्तुक परम्पराले विस्तारै हाम्राे सांस्कृतिक परम्परा माथि हस्तक्षेप गर्दै गैरहेकाे पनि छ भने यस्ताे पहिले थिएन याे पछि अागन्तुक परम्परा हाे भन्ने कुराकाे स–प्रमाण दिने काम पनि विवाह फाेटाेग्राफरकाे नै हुन्छ भने समय सापेक्ष नविन प्रविधि विज्ञान भित्राउनु पर्ने अर्काे चुनाैति पनि विवाह फाेटाेग्राफरमा रहेकाे हुन्छनै । अाज मैले यहा वि.सं. 2056 देखि व्यवसायीक विवाह फाेटाेग्राफिमा काम गर्दाकाे दुइ दशककाे विवाह फाेटाेग्राफर भएर काम गर्दाकाे अाफ्नाे व्यक्तिगत अनुभवहरू यहा माझ राख्न गैरहेकाे छु यसले समग्र नवविवाह जाेडि एवं फाेटाेग्राफरलाइ पनि प्रत्यक्ष वा पराेक्ष रूपमा फाइदा पुग्ने अाशाका साथ साथै कस्ताे विवाह फाेटाेग्राफर नव जाेडिले राेज्नु पर्छ भन्ने ज्ञान पनि लिने अाशा लिएकाे छु।
 
बि.सं. २०५४ सालमा कलेज पढदानै छिट फुटरूपमा विवाह फाेटाेग्राफि गरे पनि २०५६ सालदेखि चै व्यवसायिक रूपमा नै काम गर्न सुरू गरिसकेकाे थिए ,त्याे वेलामा फाेटाे पनि एनालक क्यामराकाे नर्मल लेन्स बाट नै काम गरेकाे मैले विवाहकाे लागि चै 200,400 ISO(अाशा ) काे काेडाक नै ज्यादा प्रयाेग गर्थे धेरै विवाहकाे काम गरे पनि याद चै त्याे वेलामा 2058 सालतिर कंलङ्कि बाट तल ढुङ्गेअड्डाकाे उकालाे तलकाे कालिका अायल स्टाेरकाे मालिककाे छाेरा (बाबा ग्यास,अाेम ग्यासका मालिक हरि पाठक ज्युकाे रिफरमा वहाकाे भजित ) काे रात्री लग्नकाे विवाह नै सम्झन्छु । हुनत पहिले पहिले अधिकांश विवाह रात्री लग्नमै गरिन्थ्याे तर समय संग याे पनि अहिले छिटफुटमा भैरहेकाे छ अधिकांश विवाह अहिले दिउसाेकाे लग्न जुराएरनै गरिन्छ भने झन वैदेशिक राेजगार र पढाइमा जाने–अाउनेहरूकाे समयाअभावले त अहिले झन लग्न जुराउने प्रचलन पनि हट्दै गइसकेकाे छ । त्यति खेर हामिलाइ साँझ 4 बजे बाेलाइएकाे थियाे दुलहाकाे घरमा रात्रीकाे लग्न थियाे जन्ति जानु पर्ने चै बानेश्वरमा थियाे भिडियाेकाे लागी मैले मेराे गुरू थानकाेटकाे जस्मिन स्टुडियाेका संञ्चालक गाैतम गाेपाली ज्यु लाइ भनेकाे थिए भने फाेटाेकाे लागी म अाफै थिए । व्यवहारिक रूपमा परिपक्क नभए पनि जिम्वेवारिका साथ काम गर्ने स्वभाव त्याे वेला देखिनै थियाे । शैक्षिक रूपमा कलेज पढदा मेराे मेजर विषय पनि कल्चर,इतिहास र नेपालीनै भएकाेले हाेला संस्कृतिक कार्यक्रमहरूमा मेराे विशेष ध्यान हुन्थ्याे पनि र अझै पनि छदैछ । फाेटाेग्राफिकाे बारेमा धेरै नबुझेपनि फाेटाेग्राफिक शिक्षा नलिए पनि १३ वर्ष वर्षकाे उमेरमै अर्थात बि.सं. 2048 साल तिर नै नेपाली सिनेमाकाे फाेटाेग्राफि हेर्ने माैका मात्र हैन त्यहि वेलामा मामा संग सुटिङ्ग स्थलमा छाता बाेक्दै जाने माैकाले पनि मलाइ यस पेशा प्रति उत्पेरित गराएकाे थियाे ।उक्त समयमा नेपाली भिडियाे चलचित्रकाे फाेटाेग्राफिमा वहाकाे कामकाे तारिफले म अाक्रशित मात्र हैन उत्साहित समेत भएकाे थियाे ।त्याे वेला म थानकाेटमै बस्ने गर्थे त्यहि बाट स्कुल जाने अाउने गर्थे पनि फुर्सकाे समयमा स्टुडियाेकाे काममा हात बढाउथे जब शनिवार हुन्थ्याे नुहाउनकाे लागी त्रिभुवन पार्क छिर्थे हुनपनि उक्त समयमा इनार नै हुन्थ्याे नुहाउन तर मलाइ इनारबाट पानी झिकेर नुहाउन मन नलाग्ने भएकाेले म थानकाेटकाे धारामानै पुग्ने गर्थे अनि नुहाइ वरि फर्कने वेलामा शुटिङ्ग कता भैरहेकाे छ भनेर हेर्थ्ये र सुटिङ्ग स्थलमा दिन बिताउथे त्यहि क्रममा नृत्यकाे पाेजहरू याद गरिसकेकाे हुन्थे , त्यस्तै त्याे वेलामा साप्ताहिक प्रत्रिकामा अाउने फाेटाे फिचर एवं विदेशबाट अाउने पत्र प्रत्रिकाकाे पन्ना च्यातेर फाेटाे सुटका फाेटाेहरू काटेर राख्ने बानि पनि बसिसकेकाेले हाेला विवाहमा फाेटाे सुट पनि गर्न तम्सने बानि बसि सकेकाे थियाे मेराे । नयाँ जाेस र समाराेहमा सहभागीले गर्ने मिठाे व्यवहारले काम गर्दाकाे थकान विर्साउथ्याे त्याे बेला रातकाे निन्द्रा मारेर बानेश्वरमा अवस्थित दुलहिकाे घरमा विताएकाे त्याे क्षण अझै पनि ताजा छ अनि त्याे विवाहबाट पाएकाे प्रारिश्रमिक बाट श्याम स्वेत (B/W) छाप्ने मेसिन पनि किन्न पाउदाकाे खुसि सम्झदा अभै पनि निक्कै हर्षति हुन्छु किनकि त्याे बेलामा मलाइ वहाहरूले खुसि भएर दिएकाे नगद बक्सिसले नै मलाइ अाज सम्म याे पेशामा टिकाइरहेकाे छ पनि भन्छु ।
 
दुइ दशककाे फाेटाेग्राफि अाराेहमा यस पेशामा धेरै परिवर्तनहरू भए एनालक बाट डिजिटल एवं डिजिटल बाट अनलाइन यि सबै समयानुकुल परिवर्तन संग मैले पनि जुध्दै भिडदै अाफ्नाे पेशामा सक्ने परिवर्तन गर्दै गए निक्कै कडा परिश्रमबाट एनालक बाट डिजिटलमा पाइला टेके भने निक्कै चतुराइका साथ अनलाइनमा स्थापित भए अाज अनलाइनमा हाम्राे ३ वटा फाेटाेग्राफिकाे वेवसाइड स्थापित भैसकेकाे छ । त्यसमा पनि विवाह फाेटाेग्राफिमा गुगलमा पहिलाे सदावहार नं एक मात्र हैन नेपाली गुगलमै पहिलाे विवाह फाेटाेग्राफिकाे वेवसाइड हुन सफल WWW.WEDDINGKATHMANDU.COM छ भने ड्राइगन एयरकाे फाेटाेग्राफर भएर काम गर्दा ट्राभल एण्ड टुरिजम सेक्टरमा पनि फाेटाेग्राफिकाे माग रहेछ भन्ने बुझे पछि थप अर्काे वेव साइड पनि स्थापित गराएर विदेशिहरूकाे यात्रा संस्मरण यात्राकाे फाेटाे भिडियाेकाे काम गर्दै नेपाली तथा विदेशीलाइ नेपाल चिनाउने फाेटाे खिच्ने माैका पनि पाए भने काेभिड १९ काे महामारिमा वरिष्ठ फाेटाेग्राफर लगाएत केहि साथिहरू संग सहकार्य गरेर नेपालकै पहिलाे फाेटाेग्राफिक इकर्मस वेव साइड WWW.PHOTOPASAL.COM पनि साझेदारिमा खाेल्न सफल भइसकेका छाै । अहिले हाम्राे अति नै प्रख्यात भएकाे याे कम्पनीले समग्र नेपाल भरिका फाेटाे व्यवसायि फाेटाेप्रेमिलाइ ठुलाे लाभ मिलेकाे कुरा नेपाल राज्य भरिकाे अधिकांश फाेटाेग्राफरकाे रिभ्युले पनि दिएकाे छ । खैर धेरै यस्ताे कुरामा नअलमिलिउ अब याे वल्गकाे मुख्य उदेश्य चै विवाह फाेटाेग्राफर कस्ताे हुनु पर्छ एवं विवाह फाेटाेग्राफर कस्ताे राेज्नु पर्छ भन्ने कुरामा चै व्यक्तिगत अनुभवहरू चै यहा माझ राख्दछु कृपया झर्राे नमानि पढिदिनुस अवस्य यहाहरू एवं यहाहरूकाे काेहि अाफन्तलाइ काम लाग्न सक्छ जसकाे निकट भविष्यमै विवाह हुदैछ ।
 
भाैतिकवादले नेपाल र नेपाली परिवर्तन हुनु ,ज्ञानवादले शिक्षित हुनु चेतनशिल हुनु नै पेशामा पनि परिवर्तित परिमार्जन एवं परिस्कृत हुनु हाे भन्दै यस्ता परिवर्तनले व्यवसायमा पनि नयाँ पन थपिदै लागेकाे पनि हुन्छ नै तर याे संगै वास्तविकता अाेझेल पार्नु चै निक्कै दुखद हुन्छ पनि । यहि विषयमा विवाह फाेटाेग्राफिमा अाधुनिकता संगै के कस्ताे वास्तविकता अाेझेल पर्याे र पारिदै छ भन्ने कुरा चै अाज स्पष्ठ पार्न चाहन्छु । शर्वप्रथम विवाहमा क्रिया हुन्छ र त्याे क्रियाले प्रतिकृया पनि दिएकाे हुन्छ एउटा विवाह फाेटाेग्राफरले क्रियाकाे अर्थात एक्सनकाे फाेटाे किल्क गर्दा त्याे क्रिया बाट निस्कने प्रतिक्रिया (रिएक्सन) पनि किल्क नगर्नु दुःखद मान्छु अझ धेरै जसाेले विवाहमा ठुला र लामा लेन्सहरू देखाएर मात्र अनि पाेट्रेट फाेटाेमा मात्र मिहेनत गरेर पनि विवाह फाेटाेग्राफर भनि यस पेशामा एउटा विवाह फाेटाेग्राफरले गर्नु पर्ने कुरा पुरा नगरेर बरू एउटाे माेडलिङ्ग फाेटाेग्राफरले गर्ने चै काम गरिरहेका पाएकाे छु । यसलाइ बुदागत रूपमा नै स्पष्ठ पार्दछु ।
 
 
नेपाल वहुभाषिक वहुजातिय देश हाे त्यसैले यस देशकाे संस्कार,संस्कृति एवं विवाह परम्परा पनि फरक फरक नै छ । अाज उपत्यकाकाे मंगाेलिनकाे विवाहमा फाेटाे खिच्दाकाे सांस्कृतिक रिति भाेलि पहाडि मुलकाे मंगाेलियनकाे खिच्न जादा त्यहि रिति थिति हुन्छ भन्ने साेचेर काम गर्नु पनि गलत हुन्छ किनकि सम्प्रदाय एकै भए पनि भाैगिलिकता लगाएत अन्य विभिद विषयले पनि रिति थिति फरक भएकाे हुन्छ अतः पहिला संस्कृति ,विधि ,विधान एवं परम्पराकाे पनि ख्याल फाेटाेग्राफरले राख्नु पर्छ भने त्यसलाइ डकुमेन्ट्रि स्टाइलमा पनि ढाल्दै विवाह फाेटाेग्राफि गर्न सक्नु पर्छ तर याे फाेटाेग्राफि गर्ने फाेटाेग्राफर साच्चै नै भन्ने हाे भने नेपालमा कमै छन भन्ने कुरा सबैमा सर्वविदितै छ त्यति मात्र हैन ग्राहकले पनि अाफ्नाे संस्कृति झल्कने फाेटाेग्राफिकाे अाशाकाे साथ फाेटाेग्राफर राेजेकाे पाइदैन बरू कुन चै फाेटाेग्राफरले राम्राे प्राेट्रेट खिच्ने फाेटाेग्राफरलाइ नै विवाहमा उच्च प्राथमिकतामा राखेकाे पाएकाे छु हाे विवाहमा प्राेट्रट फाेटाे पनि चाहिन्छ नै तर के प्राेट्रेट फाेटाेहरू मात्र राम्राे हुनु विवाह समग्र विवाह फाेटाेग्राफि उत्कृष्ट हुन हाे त ? यदि यस्तै मात्र हुदै गर्दा संस्कृति झल्कने विवाहकाे फाेटाे खिच्न र हेर्न पाउनु पनि ठुलाे भाग्य नै हुन सक्छ केहि दशक पछि ।अझ हाम्राे संस्कृतिकाे जेगेर्ना गर्ने जिम्वेवारि हामिहरू सबैमा हुनु पर्छ त्यसमा पनि नव विवाहित जाेडिले यस विषयमा विषेश ध्यान दिनु पर्छ ।अधिकांश फाेटाेग्राफरले माेडलिङ्ग एवं कप्पल फाेटाेमा चै 3 धण्टा दिन झर्काे नमान्ने तर जग्य,मण्डपकाे विधि विधानमा चै छिटाे छिटाे सकाै भन्दै पण्डितलाइ विधि विधान र परम्पराका सांस्कृतिक पक्षलाइ हतारमा झर्राे टार्ने उदेश्यले मात्र सर्टकर्ट विधिमा लानु दुखद मान्छु म अतः यस्ता फाेटाेग्राफरले गर्दा पनि पछिल्लाे पुस्ताले विवाह संस्कार हेर्ने पनि पाउदैन बुझ्न पनि पाउदैन यसले गर्दा विवाहकाे सांस्कृति पक्ष अाेझेल पनि पर्छ र विवाहकाे धार्मिक पक्ष अाेझेलमा पनि पर्छ भन्दै यसबाट जाेगिन सबै नवजाेडि एवं फाेटाेग्राफरकाे अहम भुमिका रहाेस भन्छु ।
 
वैवाहिक पारिवारिक फाेटाेग्राफि व्यक्ति बाट परिवार अनि परिवार परिवार बाट समाज अनि समाज बाट संस्कृति हुदै राष्टकाे पहिचान उच्च काेटिमा पुगेकाे हुन्छ । हरेक व्यक्तिकाे जिवनमा धटने हरेक धटनाले परिवारलाइ ,समाजलाइ अनि सिङ्गाे राष्टलाइ नै प्रभाव पारेकाे हुन्छ। संस्कार संग व्यक्तिकाे प्रत्यक्ष सहभागिता भएकाे वैवाहिक कार्यक्रममा परिवारकाे महत्वपुर्ण सहभागिता हुन्छ त्यसमा पनि अाफ्नाे कुलमा फरक कुलकाे कन्या गाेत्र परिवर्तन गराउदै धार्मिक विधि विधान बाट गृह प्रवेश समेत गराउने गृहस्थ अाश्रमकाे प्रमुख संस्कार विवाहमा परिवारकाे भुमिका अत्यन्तै महत्वपुर्ण हुन्छ भने यस्ताे समाराेहकाे फाेटाेखिच्नेकाे भुमिका त झनै उच्च हुन्छ । यति मात्र कहा हाे र अाफुलाइ जन्मदिने ,शिक्षा दिक्षा प्रदान गर्ने वाल्यकालका दाैतरि छिमेकि साथिभाइ लगाएत त्याे स्थानहरू जहा अाफु हुर्किएकाे बढेकाे लढेकाे बाट अब विदा हुनु पर्ने अवस्थामा पुगेकाे नववधु संगकाे हरेक सम्झनाहरू लाइ संगाल्ने काम पनि फाेटाेग्राफरकाे हुन्छ नै अनि त्याे विवाह विधिमा उत्तिकै महत्व पुर्ण स्थान हुन्छ त्यसैले पनि सबैलाइ निमन्त्रणा गरिएकाे पनि हुन्छ अतः ति सबैकाे फाेटाेहरूमा एक जनाकाे मात्र छुट्नु पनि फाेटाेग्राफर फेल हुनु बराबर नै हुन्छ । उदाहरणमा विहान वा अधिल्लाे दिन गरिने नानिमुखि श्राद्दमा घरकाे थकालि अर्थात मुख्य सदस्यले गर्ने विधि विधानकाे फाेटाे छुटाउने फाेटाेग्राफर धेरै देखिएकाे छ भने त्यति मात्र हैन याे श्राद्दकाे अाैचित्य नबुझेकाे पाएकाे छु । त्यस्तै छर छिमिकि अाफन्त भेला भएर कसार बाढेकाे फाेटाे ,रत्याैलिका फाेटाेकाे पनि अभाव महशुस गरिरहेकाे छु ,जन्ति पर्सदा दुलहि पक्षकाे तिन पुस्ते र मावलिकाे हर्षाेउल्लासकाे फाेटाेहरू छुटाएकाे अाभाषका साथै अन्य धेरै सांस्कृतिक विधि विधानमा वुर्जुवाहरूकाे मार्ग निर्देश एवं पक्का पण्डितकाे अभावले विवाह संस्कार रिति परम्परा विधिमा मात्र पुगेकाे कुरा पनि अर्काे डरलाग्दाे पक्ष हाे भन्न चाहन्छु जसकाे लागी हामिले मात्र पनि केहि गर्न चाहेर पनि सक्दैनाै । हुन पनि कन्यादान पुर्व गरिने परम्पराहरू गाेडा धुनु र जल सेचन गर्नुकाे तार्किक अर्थ एवं कसले ? किन ? के का लागी ? धुने लगाएतका कुराहरू अाेझेल पर्नुमा कर्ता (दुलहिपक्षका थकालि) व्रामणकाे पनि संस्कृति नबुझ्नु नै रहेकाे हाे भन्छु खैर यि कुरालाइ यहि थाति राखाै र फाेटाेग्राफरले चै ति विवाह गराउने पुरेत , देखि स–साना काममा हात बटाउने , सबैकाे फाेटाे चै छुटाउनु हुन्न त्याे छुटाउनेले फाेटाेमा इतिहास दिन सक्दैन र अाफ्नाे फाेटाेग्राफिक इतिहास पनि बनाउन सक्दैन अाज धेरै लेखे जस्ताे लागि रहेकाेले बाकि अर्काे अध्यायमा अाधुनिक विवाह फाेटाेग्राफिकाे भाग बनाएर यहा माझ पुन शव्दहरूकाे यथार्थ परक धारा प्रवाहमा उपस्थिति हुने छु भन्दै अाजलाइ विदा माग्दछु
 
लेखकः फाेटाेग्राफर बिक्रम न्याैपाने