साधारण फाेटाेग्राफी तथा साधारण क्यामरा बाट कसरी विवाहमा उत्कृष्ठ फाेटाे खिच्ने ? How to capture the perfect wedding scene with simple photography and simple camera?
नेपाल हिन्दु धर्मावलम्वी धेरै भएकाे विश्वकाे प्रकाशमयी स्यानाे अाखाकाे नानी हाे । नेपाल स्यानाे छ तर अाफैमा विशाल छ महाकवि लक्ष्मी प्रसाद देवकाेटाले पनि अाफ्नाे निवन्धमा लेखेकाे छन " सानो छ तर स्वर्ग छ, अल्प छ तर आखों छ, खुट्टा छ तर आफै बिश्वो छ, दूर छ तर दूरताको दिव्य जादू"
अाज मैले यहा यी शव्दबाट लेख शुभारम्भ गर्नुकाे मुख्य उदेश्य चै के भने धेरै महंगाे क्यामरा हुने तथा लेन्सहरू धेरै बाेक्ने फाेटाेग्राफर ठुला र साधारण क्यामरा बाेक्ने र कम लगानी गर्ने फाेटाेग्राफरहरू के साना हुन त ? यी कुरालाइ मेराे शव्दहरूकाे साहराबाट विचार अनुभव,काम गराइ र भाेगाइबाट बुझाउछु अाउनुस अाज स्यानाे नेपाल भएपनि विभिदता बिशालतालाइ बुझाउने जस्तै स्यानाे क्यामरा र त्याे स्यानाे क्यामराबाट निस्कने विवाह फाेटाेग्राफीकाे विसालतालाइ बुझाै विवाह फाेटाेग्राफीकाे विभिधता कैद गर्ने कला केहि सिकाै ।
नेपालमा विशेष गरि बैशाख,जेष्ठ,असार,असाेजकाे चै (धटस्थापनाकाे दिन देखि काेजाग्रत पुर्णीमा सम्म ),मंसिर,माध र फागुन यी ७ महिनालाइ हामि विवाह फाेटाेग्राफर तथा व्यवासायीक फाेटाेग्राफरकाे कमाउने दिन मान्छाै । कहिले काहि मलमासले गर्दा साइतहरू अझै कम पनि हुन जान्छ अर्थात हाम्राे पेशा ६ महिनाकाे केहि विशेष तिथिहरूमा काम गर्ने र बाकी दिन र महिना चै केही सिक्दै राेजगारिकाे लागि भैतारिदै रिन सापटि जुटाएर जीविकोपार्जन धान्नु हाे । यसरि तिथि मिति हेरेर नेपालमा विवाह हुने हुदा कुनै विशेष तिथिहरूकाे दिन त एकै दिनमा धेरै विवाह हुन्छ । यस्ताे धेरै विवाह जुर्ने दिनहरूमा ग्राहक वर्गहरूले पनि राम्राे अनुभवी फाेटाेग्राफर पाउन हम्मे हम्मे नै हुन्छ भने फाेटाेग्राफरहरूले यहि तिथिमा धेरै बुक अाउने हुनाले काममा कसैलाइ लगाउन अाधुनिक क्यामरा लेन्स भएकाे फाेटाेग्राफर व्यवसायीले पनि पाउनु हुन्न ।
त्यसैले अाजकाे याे लेख ग्राहक,व्यवसायी र नयाँ फाेटाेग्राफर तिनै जनालाइ केन्द्रित गरि लेख्दैछु । यस्ताे अवस्थामा कसरि अावस्यकता पुरा गर्ने साधारण क्यामरा चलाउन जान्ने एवं साधारण क्यामरा वा लाइट सम्वन्धि पनि थाेरै अनुभव भएकालाइ कसरि काममा लगाउने कसरि विवाहकाे फाेटाे उत्कृष्ठ बनाउने भन्ने कुरा अाजकाे यस लेखबाट सिक्नु हुन्छ साथै भर्खरै यस पेशामा अावद्दता जनाउदै थाेरै लगानी गरि यस पेशामा अाउने भाइ बहिनिलाइ पनि याे लेख उपयुक्त हुन्छ भनि लेख्नु शुभारम्भ गर्दैछु । लेख यहाहरूलाइ मन परेमा वा यसबाट केहि सिक्नु भएमा कृपया कमिकमजाेरि सहित वा केहि सिकेकाे लागेमा धन्यवाद सहित अाफ्नाे दुइ शव्द राखेर सेयर गरि सहयाेग पुर्याइदिनु हाेला ताकि नयाँ वेराेजगार भएका साथि भाइ तथा बहिनिहरूलाइ लाभ मिलाेस । अाउनुस अनुभव बुझाइलाइ धाराबाहिक रूपमा अगाडि बढाउ क्रमश बाकि लेख भाेली रात्री हेर्नुहाेला अाज अलि ढिला भयाे......