लाख बियेगु नेवारी विवाहको पहिलो संस्कार हो । यसले दुलहीको लागि शुभ संकेत गर्दछ। दुबै तर्फ विवाहकाे कुरा मिल्ने सहमति भएपछि केटाको तर्फबाट केटीका आमाबुवालाई खाद्यवस्तु, मिठाई, सुपारी र फलफूलका साना उपहारहरू पठाइन्छ।
केटाको पक्षले पठाएको उपहार केटीको पक्षले स्वीकार गरेपछि विवाह पक्का हुन्छ। लाखा बियेगु समारोहमा, दुलहाको पक्षले दुलहीको पक्षमा सुपारी पठाउँछ, जसले सगाईको अर्थात टिकाटालाेकाे अनुष्ठानलाई जनाउँछ। यो संस्कार विवाह हुनुभन्दा केही दिन, केही महिना वा केही वर्षअघि नै गरिन्छ। केटाको पक्षले बाँसको लठ्ठीले बनेको लम्पिचा नामक खुला कचौरामा ठूला आकारको सुपारी, चाकु (पाकेको चिनी) -२०० ग्राम, एक रुपैयाँको सिक्का र थोरै मात्रामा सिन्दुरको धुलो दिन्छ। यस अनुष्ठानको लागि केटाकाे नजिककाे अाफन्त र लमी साथमा गएका हुन्छन दुलहिकाे घर प्रवेश गर्दा पानीको घढा तथा राम्रोसँग
सजाइएको सुकुन्द बत्ती लिएर केटीको घरमा प्रवेश गर्छन।
लाखा ग्रहण गरेपछि लमी र बेहुलाकाे अाफन्तहरूलाइ नेवारी चलन अनुसार भोज गरेर सत्कार गरिन्छ । परम्परागत विवाह चलनअनुसार बेहुला पक्षले विवाहको केही दिन अगाडि २८ किलो ८०० ग्राम लखमरी (विशेष प्रकारको मिठो रोटी) लाखामा पठाउने गर्दथ्ये भने अहिले याे चलनमा केहि फेर बदल भएकाे मैले फाेटाेग्राफी गर्दा अनुभव गरेकाे छु । यी लखमरीहरू विशेष गरी विवाहको लागि बनाइएका हुन्छन। विभिन्न आकार र आकारका लखमारीहरू तथ फलफुल र मिठाइकाे पाेकाहरू दुलहीका आमाबाबुको सहभागीताका बीच वितरण गरिन्छ।
लाखमरीसँगै एक टुक्रा सिक्का पनि पठाउनुपर्छ । लखमरी प्राप्त गर्ने आफन्तले दुलहीलाइ टिका ग्रहण गरि दहि निधारकाे साइडमा लगाएर बेहुलीलाई नगद तथा अन्य उपहार पनि दिने चलन छ साथ समयानुसारकाे परिवर्तनले अहिले लाखा ल्याउदा केक पनि ल्याइन्छ भने सबै परिवारकाे सदस्यकाे साथमा उक्त केक काटेर पहिला गणेश ,भिमसेन अनि अाफ्ना इष्टदेव ,स्थान देवता र कुललाइ चढाइन्छ र त्यसपछि दुलहाकाे लागी केहि छुट्टाएर पठाउन राखिन्छ अनि सबैलाइ बाढने चलन पनि थपिएकाे छ ।
लेखक फाेटाेग्राफर बिक्रम न्याैपाने
व्यक्तिगत रूपमा फाेटाेग्राफी गर्दा गर्दै बुझेकाे हुनाले धेरै कुरामा कमि कमजाेरि हुन सक्छ अतः केहि कमजाेरि वा गल्ति भएमा जानकारि समेत गराइदिनु हाेला साथै याे संस्कारकाे बारेमा अरूलाइ बुझाउने सेयर समेत गरिदिनु हाेला धन्यवाद
.jpg)