विवाहमा दुलहा दुलहिलाइ किन लगाइन्छ हल्दि ?
हामिले हल्दि अर्थात वेसारलाइ धेरै गुणहरूकाे रूपमा बुझेका छाै नै अाउनुस अाज हामि तपाइलाइ केहि जानकारि गराउछाै हुनत दुधमा वेसार हालेर खाएकाे कुरा वर्तमान काेभिडकाे समयमा कसलाइ पाे थाहा नहाेला । अाज काेभिडले नै गर्दा वेसारकाे महत्वमा थप ज्ञान बढाएकाे पनि छ नै । अाज यस बिषयमा भन्दा पनि यहाहरू माझ विवाहमा दुलहा दुलहि शिङ्गारिनु पुर्व किन हल्दि लगाइन्छ यसकेा महत्व के हाे ? त्याे बुझाउने काेषिश गर्दछु ।
नेपाली विवाह परम्परामा हिमाली मुलमा हल्दिकाे संस्कार नभए पनि पहाडमा छिटपुट तर तराइमा याे परम्परा प्रमुख मानिन्छ । स्व.मेरा पिता एक तन्त्रशास्तिय अाध्यात्मिक ज्याेतिष हुनु हुन्थ्याे वहाले अाफु कहा काेहि कुमार कुमारि ,बालबच्चालाइ विरामि पर्दा नाडि छामेर उपचार गराउने क्रममा दाेबाेटाेमा हल्दि अर्थात बेसार ,मासकाे दाल र पाँचसुते बत्ति बालेर दाेबाटाेमा मन्छाउनु भन्नु हुन्थ्याे यस बाट पनि प्रष्ठ छ नै वेसार अर्थात हल्दिकाे धार्मिक महत्व र म यस्ताे पारिवारिक माहाेलमा हुर्किएकाे भए पनि यि सबकाे वैज्ञानिक कारण तथा धार्मिक अर्थकाे गहिराइमा पुग्ने काेशिष गरि रहन्थ्ये अाउनुस अाज मेराे फाेटाेग्राफीक यात्रामा सधै गरिने याे संस्कारकाे धार्मिक तथा बैज्ञानिक पक्ष पनि यहाहरूलाइ जानकार गराउ यसमा केहि भुलचुक वा थप धट भए प्रतिकृया समेत गरिदिनु हाेला र हाम्राे संस्कारकाे अर्थहरूलाइ थप बलियाे बनाउदै लाने यात्रामा सहयात्री पनि भैदिुनु हाेला । याे संस्कार स्थान बिशेष ,जाती बिशेष केहि फरक प्रकृया हाेला तर उदेश्य चै एउटै छ साैभाग्य शालि नै छ र साथै पहेलाे रङ्ग मित्रताकाे प्रतिक हाे यस रंगकाे प्रयाेगले हाम्राे शरिरलाइ मित्रवत भावनात्मकता दिलाउन र सकारात्मकतामा लैजान समेत उर्जा प्रदान गर्दछ ।
हल्दि(बेसार) लगाउनुकाे धार्मिक तथा वैज्ञानिक कारण-
वैदिक सनातन हामि हिन्दु धर्मावलिहरूले भगवान विष्णुलाइ पालनकर्ता,जसले समस्त शृष्टिकाे पालन गर्नुहुन्छ जसकाे पुजन विना कुनै पनि शुभकार्य शुसम्पन्न रहदैन पनि त्यस्तै पञ्च देवहरू मध्ये भगवान विष्णुकाे पुजा विवाहमा प्रमुख गरिन्छ । भगवान विष्णु साैभाग्यकाे प्रतिक हुन भने दुलहा र दुलहिकाे उत्तम भविष्यकाे कामना गर्दै भगवान विष्णुकै स्वरूप मानेर हल्दिलाइ साैभाग्य सालि स्वरूपमा हेर्दै कुमार कुमारिकाे शरिरमा लेपिन्छ साथै प्रेत अात्माकाे नजर नपराेस, भुत प्रेतले शरिरमा स्थान नबनावस भनि हल्दि लगाइन्छ । वैज्ञानिक रूपमा हल्दिकाे धेरै गुणमध्ये एंटि बैक्टिरियल तथा एंटि सेप्टिक गुण प्रसस्त रहने तथा यसकाे प्रयाेगले इंफेक्शन बाट पनि जाेगाउनुका साथै हाम्राे शरिरकाे त्वचालाइ मुलायम बनाउछ पनि । यहि प्रमुख कारणहरूबाट नै दुलहा दुलहिलाइ हल्दि लगाइन्छ ।
लेखक तथा फाेटाेग्राफर बिक्रम न्याैपाने